
पूर्णपुष्टि, असोज १०
गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको सीमा क्षेत्रमा अध्यागनम कार्यालय स्थापना गर्ने बताउनुभएको छ । उक्त क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको उहाँले बताउनुभएको हो ।
दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको रहेको बताउँदै गृहमन्त्रीले विश्वका दुई ठूला देश चीन र भारतसँग सीमा जोडिएको यस क्षेत्रलाई सरकारले विशेष महत्व दिएको गृहमन्त्रि थापाले बताउनुभयो । सीमाको रक्षा सरकारले मात्र गर्न नसक्ने र सीमाको सुरक्षा सीमा क्षेत्रका नागरिकले अझ राम्रोसँग गर्न सक्ने उहाँले बताउनुभयो ।
सीमा क्षेत्रमा अध्यागमन स्थापनाको लागि छिट्टै आवश्यक निर्णय लिने र व्यासमा प्रभावकारी सञ्चार सुविधाका लागि थप टेलिफोन लाइन जडान गरिने बताउनुभयो । व्यासमा रहेको सीमा प्रशासन कार्यालयलाई छिट्टै सञ्चालनमा ल्याउन कर्मचारी पठाउने उहाँले बताउनुभयो ।

