दाहसंस्कार गर्दै गरेको युवतीको लाश प्रहरीले नियन्त्रणमा लियो

पूर्णपुष्टि, असोज २२
जबरजस्ती करणी पश्चात अत्यादिक रत्तश्राप भई मुत्यु भएकी भन्ने आशंकामा एक १४ बर्षिय किशोरीको दाहसंस्कारको क्रममा प्रहरीले लाश नियन्त्रणमा लिएको छ । घटना संकाश्पद रहेको र गैरकानुनि तरिकाले युवतिको मृत्यु पश्चात ढाक छोप गर्न लाश गाड्न खोजेको भन्ने सुचनाको आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

लाश नियन्त्रणमा लिई प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । ‘जबरजस्ती करणी भई अत्यधिक रक्तस्राव भएपछि उपचारका क्रममा युवतीको मृत्यु भएको खबर आएको पर्सा प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए, ‘घटना लुकाउन शव गाड्न लाग्दा प्रहरी पुगेको थियो, प्रहरीले किशोरी घाँटीमा समेत डाम देखिएको जनाएको छ । रक्तस्रावको कारण थप अनुसन्धानबाट पुष्टि हुने प्रहरीको भनाई छ ।’

एसपी पाण्डेका अनुसार मृतक किशोरी जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँको कान्छा छोराका साली हुन् । ‘वीरगन्जको मुर्लीस्थित घरमा युवतीको शव राखिएको छ भन्ने सुरुवाति सूचना आएको थियो,’ एसपी पाण्डेले भने, ‘प्रहरी घरमा पुग्दा महिलाहरु मात्र थिए, त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरुमा प्रहरीले खोजबिन सुरु गरेको थियो ।’

अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । युवतीका भिनाजु फरार रहेको प्रहरीले जनाएको छ ।भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी ती किशोरी जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: