Friday, July 17News That Matters

दाहसस्कारपछि आयो रिर्पोट, कोरोना ‘पोजेटिभ’

पूर्णपुष्टि, जेठ १२ गते । 

वीरगञ्जमा उपचाररत एक व्यक्तिको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका व्यक्तिको परीक्षणको रिपोर्ट पोजेटिभ आएको मेकिडल कलेज शिक्षण अस्पतालले जनाएको हो ।

बाराको कलैया उपमहानगरपालिका–७ का ७० वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समसया आएपछि गत जेठ २ गते उपचारका लागि बीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गत जेठ ४ गते मृत्यु भएको थियो ।

उनको मृत्यु हुनु पहिला नै परिक्षणका लागी स्वाव लिएको थियो । तर रिपोर्ट आउनु अगाडी नै मृत्यु भएको थियो । मृत्यु भएका व्यक्तिको आफ्नो जातिय परम्परा अनुसार अन्तिम संस्कार भइसकेको  छ ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।