दिखलीछाको वंशाली पुस्तक विमोचन तथा पुनर्मिलन समारोह

गाईघाट/१४

रोदुङ चाम्लीङ दिखलीपाछा रोमीपोमी केन्द्रीय कार्यसमितिले सनिवार गाईघाटको साकेलाटोलमा दिुखलीपाछाको वंशाली पुस्तक विमोचन तथा ऐतिहासिक पुनर्मिलन समारोह कार्यक्रम भव्य रुपमा गरेको छ । बिभिन्न ठाउँहरुमा रहेको आफ्नो वंशालीहरुलाई पुनर्मिलन गरी वंशाली पुस्तक भुसुरी विमोचन गरेको हो । पुस्तक भुसुरीको विमोचन १ नं प्रदेशका साम्सद खोटाङका राम कुमार राई (दिखलीछा), १ नं प्रदेशकै साम्सद कृष्ण कुमारी राई (दिखुलीछा) लगाएत अन्य अतिथिहरुले  गरेका थिए ।देशका बिभिन्न ठाउँ खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, पाँचथर र काठमाण्डौ लगाएता स्थानहरुमा आफ्नो वंशालीहरुको पहिचान गर्दै पुनर्मिलन कार्यक्रम देशैभरी नै चलाईएको रोदुङ चाम्लीङ दिखुलीपाछा रोमीपोमी केन्द्रीय कार्यसमितिका अध्यक्ष क्याप्टेन पशुराम राईले बताए ।

कार्यक्रममा ऐतिहासिँक वंशाली किताव भुसुरी बारे चर्चा गरिएको थियो । लामो समयको अध्यान र खोज मुलक दिखलीछाको बंश लगाएतको समिष्ट प्रकाशक पुस्तको समिक्षा डा. कैलाश राईले गरे । कार्यक्रममा ७० बर्ष भन्दा माथिका आफ्नो वंशहरुलाई अभिनन्दन तथा कदर पत्रले सम्मान छोरीचेलीहरुलाई दौसालाले अभिनन्दन, चिनजान तथा ढोगभेट कार्यक्रम र खानपिनको कार्यक्रम गरिएको थियो । यस्तै १ नं प्रदेशका सांम्सद राम कुमार राई (पासाङले) दिखलीपाछा आफ्नो बंशहरुलाई पुनर्मिलन गराउने अभियान गरेकोमा खुसी व्यक्त गरे ।राईले दिखलीपाछा मात्रै नभई सम्पूर्ण राई समुदायहरु एकजुट हुनुपर्नेमा जोड  गरे उनले आज हामी राई जातिहरुको सानोतिनो कम्जोरीले गर्दा थुप्रै स्थान स्थरहरु घटीरहेको बताए । एजुटमा बहुशक्ति हुने भन्दै सबै राईहरुले एकअर्कामा माया सद्भावको भवनाले अघि बढे हरेक क्षेत्रमा राई जनजातिहरुको समेत स्थर उठ्ने उनले बताए राईले ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: