दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व तराईमा मनाईदैँ

पूर्णपष्टि, मंसिर २
नेपालीहरुको ठूलो चाड दशैं, तिहार र छैठ सकिएसँगै अर्को महत्वपूर्ण पर्व समाचकेवा मनाउन थालिएको छ । आदिवासी थारुलगाएत तराई–मधेशमा बसोबास गर्ने अन्य समुदायले पनि दिदी भाइको प्रेमको प्रतिक मानिने समाचकेवा पर्व उत्सवको रुपमा मनाउदैँ छन् ।
कात्तिक शुक्ल द्वितिया तिथिदेखि शुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म दिदी–बहिनीहरु प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाइरहेका छन् ।
बाँसको नाङ्लोमा काँचो माटोबाट विभिन्न आकारका मूर्तिहरु बनाइएका छन् । जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेलिरहेका छन् ।

थारु संस्कृतिविद्का अनुसार करिब दुई हजार वर्ष पहिले गरभ देशमा गरभा नामक राजा थिए । उनकी रानीको नाम आदम्बत्ती थियो । सातौं शताब्दीताका राजा सालिक बाहन थिए । उनको दरबार कुराले भरिपूर्ण थियो।
नाचगानदेखि रेखदेख गर्ने रखबारीसम्म । उनका सात भाइ छोरा साम र बहिनी समा थिइन् । समाको विवाह त्यतिबेलाका सेन वंशीय राजा चक्रवातसँग भएको थियो। समाको सानैमा विवाह भएकाले उनी माइती अर्थात् बुवाकै दरबारमा बस्थिन् । दरबारमा विभिन्न मानिस आउजाउ गर्ने गर्दथे। एक दिन समालाई देखेर डाहा गर्ने चुगला (कुरौटे)ले राजालाई कुरा लगाइदिए ।
दरबारमा छोरीको कुरा राजासमक्ष पुगिसकेपछि राजाले छोरीलाई दरबारबाट निकालिदिए । समा बाध्य भएर वनबासमा जानुप¥यो । जब समाका सात भाइले बहिनीलाई घरबाट निकालेर वनबास पठाएको थाहा पाए, उनीहरु सातै भाइ बहिनी समालाई लिन जंगल गए। जंगल पुग्दा बहिनी समा चराको रुपमा थिइन् ।
बहिनी चरा भएको देखेर भाइहरुले वियोगान्त स्वरुप बहिनीको माया नपाएपनि अर्को जन्ममा समा–चकेवाको रुपमा जन्मिन पाउँ भन्दै फर्किए । त्यही दिनदेखि भाइ–बहिनीको प्रतीकको रुपमा समाजमा समा–चकेवा मनाउन थालिएको जनविश्वास छ । यता, समाजले राजालाई छोरीलाई निकालेर ठीक नगरेको भन्दै गरभा राजालाई गीतमार्फत गुनासो र चुगला (कुरौटे)लाई गाली गर्न थालेको मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: