
पूर्णपुष्टि, फागुन २७
बुटवलको दियालो फुडल्याण्डमा आगलागी भएको छ । गएराति करिब साढे १ बजे फुडल्याण्डको माथिल्लो तलामा रहेको रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीबाट रेष्टुरेण्ट रहेको माथिल्लो तला जलेर पूर्णरुपमा नष्ट भएको छ । केही कामदार रेष्टुरेन्टमै सुतेका भए पनि आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाको दमकलको सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको समयमा फुडल्याण्डको तल्लो तलाका सबै सटर बन्द थिए । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
