Monday, June 22News That Matters

दिल्लीको अस्पताल कोरोना सङ्क्रमितले भरियो

बैशाख १० 

भारतको राजधानी नयाँ दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएको छ ।

अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । त्यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको जनाईएको छ ।

अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ ।

भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएको जनाईएको छ । भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित गाभिएका छन् भने २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।