
पूर्णपुष्टि, जेठ १९ । खोटाङ ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा बार्दलीबाट लडेर एक बालिकाको ज्यान गएको छ । खेल्ने क्रममा बार्दलीबाट खसेर साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी ५ वर्षीया छोरी रोशनी गुरुङको ज्यान गएको हो । गुरुङ परिवार सो घरमा डेरागरी बसेका थिए । बिहीबार साँझ घटना भएको हो ।
बेलुकी करिब ५ बजेतिर दुई तालामाथिको बार्दलीबाट खसेकी थिइन् । उनको स्थानीय फेमिली अस्पतालमा उपचारको क्रममा करिब साढे ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
