दुई छोराको हत्या पश्चात आमाले पनि गरिन आत्महत्या

पूर्णपुष्टि, असोज २३
दुई छोराको हत्या पश्चात आमाले पनि आत्महत्या गरेकी छन् । धनुषाको नगराइन नगरपालिका–४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका आफ्नो दुई छोराको डोरीले घाँटीमा कसेर हत्या गरका हुन् । ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको हत्या पश्चात गुडियाले पनि घरमै आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर रहेको सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
१० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गर्नुभएको थियो । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घटनाको कारण खुलिनसकेको डीएसपी बस्नेतको भनाई छ ।

तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: