Tuesday, June 23News That Matters

दुई मोटरसाईकल ठोक्किदा एकको ज्यान गयो

पुर्णपुष्टि, चैत २७

सप्तरीमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । खडक नगरपालिका–९ सर्पामा बसोबास गर्ने ३९ बर्षीय अनवर अलिको ज्यान गएको हो ।

सप्तरीको पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० को मोटरसाईकल र स ६ प ५२४३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा स ६ प ५२४३ नम्बरको मोटरसाईकल चालक अलिको ज्यान गएको हो ।

उनको शव परीक्षण गर्न गजेन्द्र नारायण सिंह अस्पतामा लगिएको र मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।