Sunday, May 17News That Matters

दुई युवती र एक युवक लागुऔषध ब्राउन सुगरसहित पक्राउ

पूर्णपुष्टि, जेष्ठ २५ कैलालीमा लागुऔषध बिक्रि गर्ने दुई युवतीसहित एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट लागुऔषधसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीय लक्ष्मी भट्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जनाएको छ । ६ ग्राम १७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याबलेट नाईट्रोभेट र लागु औषध बेचबिखन गर्न राखिएको डिजिटल तराजुसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घट्ना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उपरिक्षक बिष्टले जनाएको छ ।