Thursday, June 18News That Matters

दुधकोशी साबउसमा ठुलोमात्रामा काठ काटी बन मासियो

पूर्णपुष्टी, जेठ २७ ।
उदयपुरको बेलका नगरपालिका ७ स्थित दुधकोशी सामुदायिक वनमा ठुलो मात्रामा रुख कटान गरी बन मास्ने काम भएको छ । अन्दाजी तीनदर्जन सालका रुखहरु कटान गरी चिरान गरिएको र गोलीया घाटगद्दीसमेत गरेको पाइएको छ । केही ढालिएका रुख र काठहरु अझै वनमै रहेका छन् ।
रुख काटेर वन मास्ने काम भएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । अबैधरुपले काठ कटान गरी वन मास्ने काम भएपछि उपभोक्ताहरुले चारदिनअघि डिभिजन वन कार्यालय उदयपुरमा उजुरी दिएका थिए । स्थानीयको उजुरी पछि डिभिजन वन कार्यालय उदयपुरले हिजोबाट स्थलगत अध्यायन गर्दैछ । आज पनि टोली स्थलगत अनुसन्धानमा रहेको छ ।
वन कार्यालयबाट क्षती विवरण आउन बाँकी छ । स्थानीयका अनुसार घाटगद्दी, चिरान र बनमा रहेका गरी अन्दाजी दुईहजार क्यू. फिट काठ रहेका छन् । अबैध रुख कटानमा वन कर्मचारीसमेतको मिलेमतोको आशंका स्थानीयको छ ।
उक्त बन सव डिभिजन वन कार्यालय मैनामैनी अन्तर्गत पर्दछ । उक्त वन समुहले कटान आदेश नलिएको र आदेश लिएकै पनि अहिलेको सिजनमा रुख काट्न अबैधानिक हुने बन ऐनमा उल्लेख छ । बनमा क्षतीको बारेमा आवश्यक अनुसन्धान गरी बन समुह र त्यसमा संलग्न पदाधिकारी वा अरु पक्षलाई कारवाहीतर्फ बन कार्यालय लाग्नुपर्ने अवस्था आएको छ ।