Sunday, April 19News That Matters

दुरुपयोग सरकारी गाडी समातियो

उदयपुर, साउन १९ गते ।

विभिन्न कार्यालयले सार्वजनिक विदानको दिन सरकारी गाडी दुरुपायोग गरको गाडी पक्राउ परेको छ । जिल्ला प्रशासन कार्यालयबाट अनिमति पास नलिई सरकारी गाडी दुरुपयोग गर्ने ९ वटा कार्यालयको गाडी पक्राउ परेको हो ।

जिल्लाका विभिन्न ठाउँमा चेक जाँच गर्ने क्रममा विदाको दिन सरकारी नम्बर प्लेट भएको गाडी दुरुपयोग भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शनिबार अर्थात सार्वजनिक विदाको दिन जिल्ला हुलाक कार्यालय उदयपुरको स १ ब ३४८ नम्बरको गाडी, पूर्वधार विकास कार्यालय उदयपुरको ब १ ब ७३८० नम्बरको गाडी, उदयपुरगढी गाउँपालिकाको बा १ झ २८०१ नम्बरको गाडी, जिल्ला मालपोत कार्यालय उदयपुरको स १ ब ३०६ नम्बरको गाडी, त्रियुगा नगरपालिकाको स १ ब ३४७ नम्बरको गाडी पक्राउ परको प्रहरीले जनाएको छ ।

त्यसैगरी कर्जना नगरपालिका सिराहाको ना १ झ १६५४ नम्बरको गाडी, सुरुङगा गाउँपालिका सप्तरीको स १ ब ११५१ नम्बरको गाडी, भरेलु तथा साना उद्योग सप्तरीको स १ ब ४३७ नम्बरको गाडी र दुधौली नगरपालिका सिन्धुलीको स १ ब ७८६ नम्बरको गाडी जिल्ला प्रशासन कार्यालयको अनुुमति पास नलिई दुरुपयोग गरेको पाईएकाले नियन्त्रणमा लिएको प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर बुढामगरले बताए ।

नियन्णमा लिएका लिल्ला बाहिरको गाडीहरु आईदा दिनहरुमा दुरुपयोग नगर्ने सर्त र जिल्ला अधिकारीको फोन बार्तापछि साँझपख छाडिएको थियो भने जिल्लाका भित्रका गाडीहरु जिल्ला प्रशासनको अनुमति पत्र पास ल्याएपछि छाडिएको एसपी मगरले बताए ।