
पूर्णपुष्टि, कात्तिक १३ गते ।
उदयपुर–सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी सडक खण्डको लेखानीमा सोमबार सुमो दुर्घटना हुदा ८ को घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटारीका इन्चार्ज डिएसपी दीपक श्रेष्ठका अनुसार कटारीदेखि ओखलढुंगातर्फ जादै गरेकोको ना १ ज ३४०४ नम्बरको सुमो जीप उदयपुरको कटारी नगरपालिका ११ लेखानी गाउँको खाँदी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
मृतकहरुको सनाखत हुन बाँकी रहेकोले घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एकजना कटारी नगरपालिका २ का अन्दाजी २५ बर्षिय चालक हरी कार्की, एक चारबािषर््य बालिका र एक महिला रहेको कटारी ट्राफिक इन्चार्ज डिवि दियालीले बताए । घाइतेहरुलाई उपचारका लागि कटारी अस्पताल पठाइने उनले बताए ।
नाजुक अवस्था रहेको उक्त राजमार्गमा सडक भिरालो र साँघुरो रहेको ठाउँमा दुर्घटना भएको स्थानीयले बताए । सुमो सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको जनाइएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।