Monday, February 17News That Matters

दुवै टिम जितको दाविमा

उदयपुर, असार, ६ गते । 

उदयपुरमा जारी छैटौँ रमपम उदयपुर गोल्कपको फाईनलमा पुगेका दुवै टिमले जितको लक्ष्य राखेको छ ।

गोर्खाव्वाइज रुपन्देही र एपिएफ काठमाण्डोको फाइन खेल भोली हुदै छ ।

संर्घष पूर्ण अवस्था बाट फाईनलमा पुगेका दुवै टिमले एक अर्को टिमलाई जित्न निकै चुनौती रहेका बताए ।

खेलको पूर्व तयारी बारे पत्रकार सम्मेलन गर्दै मूल आयोजक समितिले फाइनल खेलको तयारी बारे दुवै टिमले जितको लक्ष्य राखेको समितिका कोषध्यक्ष ज्ञानेन्द्र मगरले बताए ।

एपिएफको कोच सुदिप श्रेष्ठले फाइनलमा पुग्ने कुनै पनि टिम मजबुत रहने बताए । उनले रुपन्देहीलाई मजबुद टिम रहेको भएता पनि जितको पूर्व लक्ष्य राखेको बताएको छ ।

यस्तै रुपन्देहीका टिम कोच जगु खड्काले पनि एपिएफ नेपालको उत्कृष्ट टिम भएरै फाइनलमा पुगेको बताउँदै भोली हुने खेलमा आफ्नो जित रहने बताए ।