
पूर्णपुष्टि/उदयपुर, असार – ३ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित देवधार खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बुधबार दिउँसो करिब ४ः१० बजे चौदण्डीगढी नगरपालिका–९ देवधार निवासी बुधन सदाकी १४ वर्षीया छोरी आयुसा सदा साथीहरूसँग खोलामा पौडी खेल्ने क्रममा दहमा डुबेर बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको संयुक्त खोजतलासका क्रममा साँझ ७ः२० बजे सोही दहमा बालिकालाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरी टोलीले अनुसन्धान अघि बढाएको छ।
