
पूर्णपुष्टि, जेठ ४ ।
कोरोना खबर अपडेटको क्रममा, देशभर कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार २०३ जना थपिएसंगै संक्रमितको संख्या सो परिमाणमा पुगेको हो ।
नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा १९६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८९१ जनाले कोरोनालाई जित्दा देशमा निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ४२ लाख ८३ हजार ६१५ पुगेको छ । गएको २४ घण्टामा विश्वभर ५ लाख ५४ हजार ५५१ जना कोरोना संक्रमितको संख्या थपिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा ११ हजार १०० जनाले ज्यान गुमाएसंगै विश्वमा मृत्यु हुनेको संख्या ३४ लाख ०४ हजार ७४८ पुगेको छ ।
विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड ३० लाख २२ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ लाख ६ हजार २२१ जना निको भएका हुन् ।
