Saturday, May 2News That Matters

देशभर २,६३४ जनामा कोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

पूर्णपुष्टि, असार २२

आज देशभर थप २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रमणलयका अनुसार देशभर ७ हजार ५०३ जनाको पिसिआर परीक्षणबाट १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ, भने ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि हो ।

यस्तै, १५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ ।