
पूर्णपुष्टि, साउन १४ । नेपालमा यस वर्षको धान रोपाईं उल्लेख्य रूपमा बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार साउन १३ गतेसम्म देशभर ९२.४ प्रतिशत रोपाईं सम्पन्न भएको छ। गत वर्ष यही अवधिमा ७८१ प्रतिशत मात्र रोपाईं भएको थियो।
कुल १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टरमा रोपाईं भइसकेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९।६ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ९०।७ प्रतिशत रोपाईं भएको छ।
विशेषगरी मधेस प्रदेशमा उल्लेख्य प्रगति देखिएको छ। गत वर्ष ५८.८ प्रतिशत मात्र रोपाईं भएकोमा यस वर्ष ९२ प्रतिशत पुगेको छ। अन्य प्रदेशहरूमा पनि ९० प्रतिशत भन्दा बढी रोपाईं सम्पन्न भएको छ। कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले समयमा मनसुन सुरु भई नियमित पानी परेका कारण रोपाईं समयमै सम्पन्न भएको बताए। उनले साउनको अन्तिमसम्म शतप्रतिशत रोपाईं हुने आशा व्यक्त गरे।
