
बगाहा/पुष, १९
बगाहा खेल मैदानमा जारी दोस्रो नगर स्तरीय वडा कपको उपाधी मोतिराजा युथ क्लव मोतिगडाले जितेको छ । १२ गते बाट सुरु भएको खेलको आज फाईनल खेलमा २–० ले असारी फुटवल क्लवलाई पराजित गर्दै मोतिराजाले उपाधी जितेको हो ।
खेलको १३ औँ मिनेटमा जर्सि नं १३ का अन्जन हमालले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको हाफ पछि ४९ औँ मिनेटमा जर्सि नं ८ का खेलाडीले आर्को गोल थप्दै टिमालाई २ गोललको अग्रतामा पुराउन सफल भएको थियो । एता खेल समयभरी असारी बाट कुनै पनि गोल हुन नसकेपछि खेल २ गोलमै टुंङिगिएको थियो ।
खेलमा विजयी गर्दै मोतिराजा युथ क्लव मोतिगडाले ३० हजार नगद ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ । भने उपविजेता असारी फुटवल क्लवले १५ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गरेको छ ।
खेलको समापन प्रमुख अतिथि १ नं प्रदेशका प्रदेश सांसद विमाल कार्की र शिषेश अतिथि एन्फाका प्रवक्ता किराण राईले गर्नु भयो । विजेता र उपविजेता दुवै टिमलाई पुरस्कार वितरण गर्दै खेलको समापन गर्नुभएको हो ।
खेलको आयोजना खेल दोस्रो नगर स्तरीय वडा कप मूल आयोजना समिति बगाहाले गरेको थियो ।
