Tuesday, April 21News That Matters

म्यानचेस्टर सिटी चौथौ चरणमा प्रवेश

पुस २० गते । 

डिफेन्डिङ च्याम्पियन एफए कपको चौथो चरणमा म्यान्चेस्टर सिटी प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा डिभिजनको पोर्ट भेललाई ४–१ गोल अन्तरले चौथो चरणमा प्रवेश गरेको हो ।

सिटीको घरेलु मैदान इतिहास स्टेडियममा खेलमा भएको थियो । सिटिका फिल फोडेनले एक गोलसँगै एक एसिस्ट पनि गरेका थिए ।

सिटीका ओलेक्सान्दर जिनचेन्कोले २०औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३५औँ मिनेटमा पोर्ट भेलका लागि टम पोपले गोल गर्दै खेल बराबरीमा र्पुयाएका थिए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।

टेलर  हारउड बेल्लिसले ५८औँ मिनटमा र फोडेनले ७६ औँ मिनेटमा गोल गर्दै सिटीलाई ४–१ गोलको अन्तरले जित हात पारेको हो ।