Tuesday, April 21News That Matters

ईरानको ५२ ठाउँलाई निसाना बनाइएको : डोनाल्ड ट्रम्प

पुस २० गेत । 

ईरानलाई चेतावनी दिदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन् ।  ईरानले अमेरिकी जनता र सम्पत्तिमा आक्रमण गर्छ भने छिटो र मजबुत तरीकाबाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् ।

शुक्रबार भएको अमेरिकी हवाई आक्रमणमा कुद्स फोर्सका शिर्ष कमाण्डर कासिम सुलेमानीको हत्या भएको थियो । सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो बयान आएको हो ।

यस घटनाको ईरानले उक्त समय र सही ठाउँमा बदला लिने जनाएपछि ट्रम्पले ट्वीट गर्दै भने, ‘ईरान अमेरिकी सम्पत्तिलाई निशाना बनाएको सन्दर्भमा निकै साहसपूर्वक बोलिरहेको छ ।’