दोस्रो प्रदेश महोत्सव तयारीको अन्तिम चरणमा

पूर्णपुष्टि, २८ माघ ।
गाईघाट बसपार्कमा संञ्चालन हुन लागेको दोस्रो प्रदेश महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । स्टलहरु निर्माण भैसकेको र अन्य मेलामा आकर्षित बस्तुहरुको निर्माण काम सम्पन्न हुने अवस्थामा छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा १० दिन सम्म चल्ने महोत्सवको तयारीमा समिति लगायत सम्पूर्ण ब्यपारीहरु लागि परिरहेको छ । संघ अध्यक्ष रमेश रसाईलीका अनुसार आज रातभरी लगाएर भएपनि तयारी सम्पन्न गर्ने जनाए । उनले भोली तयारी सम्पन्न सँगै १ गते बाट औपचारिक रुपमा महोत्सव संञ्चालनमा ल्याउने जनाए । महोत्सव प्रचार बिभागका सचिव रुपम अनुराग गुप्ताले तयारी सँगै ब्यापक रुपमा महोत्सवको प्रचार प्रसार समेत भैरहेको जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
2
+1
0
+1
1
+1
0