Friday, July 10News That Matters

द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता करण राई

पूर्णपुष्टि, माघ ९ । करण राई द भ्वाइस अफ नेपालको चौँथो सिजनको विजेता बन्न सफल भएका छन् । शुक्रवार राति भएको ग्राण्ड फिनालेमा राई चौथो सिजनको विजेता बनेका हुन् । यो एक्कल गायन प्रतियोगितामा अन्तिम ४ हुदै टिम राजु लामाबाट प्रतिस्पर्धा गरेका राईले पुरस्कार स्वरुप नगद रु २५ लाख रुपैयाँसहित अन्य बिभिन्न पुरस्कार प्राप्त गरेका छन् ।

उत्कृष्ट चारमा टिम राजेशबाट सविना योङहाङ लिम्बु, टिम प्रमोदबाट पुर्वेली पँञ्ची योगेश कगर, टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु पुगेका थिए । उत्कृष्ट १६ जनाको टिम तयार भएपछि नेपाली दर्शकहरुले दिएको भोटको आधारमा प्रतिश्पर्धीहरुको द भ्वाइस अफ नेपाल सिजन ४ यात्रा निर्धारण हुँदै आएको थियो ।

विजेता करण राईले नगद रु,२५ लाख सहित पल्सर एन २५० मोटरसाइकल, साढे दुई तोला सुन, ग्लालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् । टिम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनर अप घोषित भएक्री छन् भने टिम प्रमोद खरेलबाट योगेश मगर सेकेन्ड रनरअप घोषित भएका छन् ।