Tuesday, June 30News That Matters

धनकुटाबाट गाँजासहित एक युवक पक्राउ

पूर्णपुष्टि, भदौ ५ गते ।
धनकुटा नगरपालिका–९ मुलघाटबाट पाँच किलो गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको एक टोलीले चेकिङको क्रममा कालो रङको झोला भित्र लुकाई राखेको गाँजासहित साँगुरीगढी गाउँपालिका–९ बस्ने २० वर्षीय सनिल राईलाई पक्राउ गरेको हो ।
उनी सवार प्रदेश नं १–०२–०४४ प ३४१६ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको छ । थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।