Thursday, June 25News That Matters

धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर ५
धनकुटामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ । छथरजोरपाटी गाउँपालिका–३ चिउरीबोटेका २४ वर्षीय राजन लिम्बुलाई भरुवा बन्दुकसहित पक्राउ परेको हो ।
हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भएसंगै राई पक्राउ गरिएको हो । पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।