
पूर्णपुष्टि, जेठ ६ । धनगढीको मायामेट्रो अस्पतालका चिकित्सक प्रसन्ना शाह मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । बिहिबार बिहान आफ्नै कोठामा २६ वर्षीया शाह मृत भेटिएपछि प्रहरीले अनुसन्धानको लागी धनगढीकै विकल केसीलाई नियन्त्रणमा लिएको हो ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) ले शाहका परिवार किटानी जाहेरी लिएर प्रहरीमा पुगेपछि शनिबार बिहान केसी प्रहरी कार्यालयमा आएको बताए । मृतकका आफन्तले पेश गरेको किटानी जाहेरीमा सोही अस्पतालमा कार्यरत डा. सन्दिप भट्टराई र विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । सो जाहेरी दर्ताको प्रक्रियामा रहेको डीएसपी चन्दले जनाए । घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका एसपी देवेन्द्र पालले बताए ।
