Sunday, May 17News That Matters

धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

पुर्णपुष्टि,असोज २२

धनुषामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । शहीदनगर नगरपालिका–१ का ७० वर्षीय पुरुषको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा हिजो राति मृत्यु भएको हो ।

उनलाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि असोज २० गते अस्पतालमा भर्ना भएको थियो । सोही दिन पीसीआर परीक्षण गर्दा हिजो दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।  मुटुका रोगी समेत रहेका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।