Saturday, May 16News That Matters

बीपी प्रतिष्ठानमा उपचाररत एक पुरुषको मृत्यु

पुर्णपुष्टि,असोज २२

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो ।

मृतक पुरुषमा ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।