पूर्णपुष्टि, मंसिर २९
धनुषाको मिथिला बिहारी नगरपालिका ५ मा धान कुटाउन गएकी महिलाको मिलको फित्तामा बेरिएर मृत्यु भएको छ । सोहि स्थान बस्ने ललियाको ४५ वर्षीया श्रीमती कालो देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार “बिहीबार बिहान स्थानीय रामअशिष मण्डलको मिलमा धान कुटाउन गएकी कालो देवीको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
