
पूर्णपुष्टि, फागुन १७ । धनुषामा प्रहरी भ्यानबाट हामफलेर फरार भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाका अभियुक्त धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखियालाई बुधबार पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।
गत फागुन १४ गते अदालतमा म्याद थपका लागि लगेर प्रहरी कार्यालय ल्याउँदै गर्दा उनी फरार भएका थिए । उनलाई धनुषाको जनकनन्दिनी गाउँपालिका १ इनवा नजिकै सीमा क्षेत्रबाट भारततर्फ जान लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
थुनुवालाई भ्यानमा सुरक्षाका लागी खटिएका ६ जना प्रहरीलाई पनि आवश्यक कारर्वाही प्रक्रिया अघि बढाएको धनुषा प्रहरीले जनाएको छ ।
