
पूर्णपुष्टि, चैत्र ८ । धरान उपमाहानगरपालिकाका मेयर हर्क साम्पाङ अस्टे«लिया जाने भएको छ । साम्पाङले आफु अस्ट्रलिया जानेबारे सामाजिक संञ्जाल फेसवुकमा जानकारी गराएको छ । उलने लेखेका छन् म आफ्नो खुसिको लागि होईना । धरानको विकासको लागि फण्ड राईजिङको लागि नगरपालिकाको एकै पैसा पनि खर्च नगरी अस्ट्रेलिया जाने भएको छु । उनले नगरपालिकाको कुने खर्च प्रयोग नगरी अस्ट्रेलिया जाने कुरा समेत सुझाएका छन् ।

