Tuesday, June 9News That Matters

धरानको बीपी प्रतिष्ठान अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि,वैशाख १३

कारोना संक्रमित एक पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा उपचारको क्रममा मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान सवाँ ७ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमित पुरुष उच्च रक्तचापका बिरामी ती

४८ वर्षीय पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उक्त पुरुष उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।