Tuesday, June 9News That Matters

काठमाडौंबाट आईपीएल सट्टेबाजीको आरोपमा ११ जना पक्राउ

पूर्णपुष्टि,वैशाख १३

काठमाडौं उपत्यकाबाट भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको सट्टेबाजी गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

उनीहरुले ह्वाट्स एप, भाइबर जस्ता सामाजिक सन्जाल प्रयोग गरेर भारतमा भएका बिभिन्न खेलमा सट्टेबाजी गराएको पाइएकोले प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशाखाले चलाएको अपरेसनका कार्यक्रममा ठमेल, झोंसे लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ ११ जनालाई मुद्दा चलाउने तयारी भईरहेको महाशाखाले जनाएको छ ।