Wednesday, July 22News That Matters

तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु

पूर्णपुष्टि,वैशाख १३

तनहूँमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–११ भुस्नापुर स्यानिभञ्ज्याङमा करेन्ट लागेर ५८ वर्षीय युवराज शर्माको आइतबार दिउँसो मृत्यु भएको हो ।

ग्रामीण सामुदायिक विद्युत उपभोक्ता ढोरफिर्दीका कर्मचारी शर्माको बिजुलीको पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।