Wednesday, May 20News That Matters

धरानमा अवैध रुपमा बनेका ६ घर नगर प्रहरीद्धारा भत्काइयो

पूर्णपुष्टि, साउन १३ गते ।
धरानमा अवैध रुपमा बनेका ६ वटा घर तथा टहरा नगर प्रहरीद्धारा भत्काईएको छ । धरान–५ सुन्दर बस्ती नजिकै सेउती खोला बगरमा सार्वजनिक तथा बनको जग्गामा बनेका ३ वटा अवैध घर टहरा बिहिवार सवडिभिजन बन कार्यालय तीनकुने र धरान उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले भत्काएको हो । भत्काइएका घरका जस्ता तथा टिन नगर प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।
यस्तै, धरान–१७ को सतरंगी पार्क साकेला निरको पार्क र एन्फा एकेडेमीको पूर्व उत्तर साईडरा ३ वटा गरि आज जम्मा ६ वटा घर भत्काएको कोईरालाले जानकारी दिए । अवैध रूपमा घर टहरा बनाउनेहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने नगर प्रहरीले बताएको छ ।
उपमहानगरले अवैध तरिकाले बनाएका घर आफैले भत्काउन सूचना जारी समेत गरेको थियो । जारी भएको सूचनाको अवहेलना गरि उपमहानगरको सम्पर्कमा नआई घर निर्माणको कार्य झन थपेकाले बिष्णुपादुका सब डिभिजन कार्यलय, विष्णुपादुका सब डिभिजन वन कार्यालय तिनकुने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितमा सो अवैध घरहरु भत्काईएका हुन् ।