
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आविष्कार केन्द्रका संस्थापक महावीर पुनको माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले माइतीघर मण्डलामा बस्नुभन्दा अघिल्लो दिन महावीरसँग छलफल गरेर माग सम्बोधन गर्ने सहमति भइसकेको बताएका हुन् ।
आविष्कार र नवप्रवर्तनका लागि जीडीपीको एक प्रतिशत बजेट छुट्याउनु पर्ने महवीरले राखेको मागमा सरकार सहमत भएको ‘प्रचण्डले भने’ बजेटमा उक्त माग सम्बोधन गर्ने सहमति भएपछि हिंड्ने बेलामा महावीरले ‘म त माइतीघर मण्डलामा बस्छु है कस्तो हुँदौ रैछ विचार गर्नु पनि छ’ भन्दै हास्दै निस्किएका थिए ।
मैले बस्नुस भन्न मिल्दैन बस्नुभयो भने मलाई मद्दत नै हुन्छ भनेँ । करिबकरिब मैले बुझ्दा त सरकारसँगको सल्लाहमै बसेको बुझेको छु ‘उनले’ महावीर धर्ना बस्दा माग अनुसारको बजेट छुट्याउन सरकारलाई सहज हुने बताएका छन् । पहिले नै महावीरको माग सम्बोधन गर्न तयार भइसकेकोले सरकारले वास्ता गरेन भन्नु झुटो झुट रहेको बताए । महावीर पुनसँग सरकारले आजै लिखित सहमति गर्ने प्रधानमन्त्री दाहालको भनाई छ ।
