
पूर्णपुष्टि, असार २६
मोरङको बिराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ बर्षीय साजन सिंहले ४२ बर्षिय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
गए राती साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरि भाईले एक्कासी घारीलो हतियारले प्रहार गर्दा दाई घाईते भएका थिए । भोलाको उपचारको क्रममा विराट अस्पताल बिराटनगरमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
