Wednesday, May 21News That Matters

धारिलो हतियार प्रहार गरि भारतीय नागरिकको हत्या

 

सुनसरी, श्रावण ०६ गते ।

सुनसरीको देवानगंज गाउँपालिका (२ रामजानकी मन्दिर परिसर भित्र आज धारिलो हतियार प्रहारबाट १ जना भारतीय नागरिकको हत्या भएको छ ।

हतियार प्रहारबाट भारत घर भई सोही मन्दिरमा ३÷४ दिन देखि बस्दै आईरहेका ५५ बर्षिय बिलु यादबको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यादवलाई बिहान ६ बजेतिर सोही स्थान बस्ने ५० बर्षिको महानन्द मेहेताले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

हतियार प्रहारबाट यादबको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय देवानगंज र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।