Wednesday, April 22News That Matters

धुमधामका साथ मनाए जितिया

उदयपुर, असोज ५ गते । 

तराई मुलका महिलाहरुको महान पर्व जितिया उदयपुरमा पनि धुमधामका साथ मनाएका छन् । तराईमा बसोबास गर्ने आदिबासी जनजाती, दलित लगायतका समुदायका महिलाहरुले विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।

कबिर १४ वर्षपछि परेको खर जितिया (शुद्ध जितिया) पर्वले गत वर्षहरुको भन्दा छुट्टै रोकन थपेको स्थानीयबासीहरुले बताएका छन् । तराई क्षेत्रमा बसोबास गर्ने थारु, यादव, दास, सिंह, झा, महत्त, राजधामी लगायतका जातजातीका महिलाले जितमान भगवानको पुजा आरधना गरी वर्त बसेर तिजिया मनाउने चलन रहेको स्थानिय राजकुमारी चौधरीले बताईन् ।

जितियाको पहिलो दिन विहानै खोला, ताल, पोखरी, कुवा, ईनार लगायतका पानीको श्रोत भएको ठाउँमा घिराँैलाको पातमा घिरौँलाको फुल, तोरीको पिना, तेल, सिन्दुर चढाएर जितमान भगवानको पुजा गरी नुहाउने चलन रहेको चौधरीले बताईन् । दिन भरी बर्त बसेर साँझपख जितमान भगवानको पुजा आरधना गरी अठघर (दर) खाने चल रहेको उनले बताईन् ।

यस पर्वमा नहाय खाएको दिन अनिवार्य रुपमा वर्तालु महिलाले माछा तथा मरुवाको रोटी खाने चलन छ । पोखरीको माझमा जितमान भगवानको मुर्ती बनाएर पुजा आरधना गरी पानीसमेत नखाई व्रत बसी विहान फेरी अघिल्लो दिनको जस्तै पुजा आरधना गरी जितिया मनाउने गरिएको चौधरीले बताईन् ।

सन्तानको दीर्घायु, सुख समृद्घि र मनोकामना पुरा गराउन जितियाको व्रत लिँदै आएका छन् । गत वर्षहरुमा पहिलादेखि ब्रत बसिआएका महिलाहरुले मात्रै ब्रत बस्न पाउथ्यो भने यसपाली खर जितिया परेकाले नयाँ विवाहित महिलाहरुले समेत जितिया मनाउन सुरु गरेको मिनादेवी चौधरीले बताईन् ।

परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आफन्त जनसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेर जितिया मनाईने गरेको चौधरीले बताईन् । भाषा सस्कार, सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थानीय तहले पनि विभिन्न ठाउँमा विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी जितिया मनाएको चौधरीले बताईन् ।

यस पर्व तराई तथा भित्रि मधेशमा बसोबास गर्ने आदिबासी जनजाती थारु समुदायले विशेष मनाउने गर्दछ । थारु पहिचान झल्कने भेष भुषामा नृत्य पतियोगीता समेत भएको छ भने जातिय पहिचन झल्कने सास्कृतिक कार्यक्रमको आयोजना गरी विभिन्न ठाउँमा जितिया पर्व धुमधामका साथ मनाएको छ ।