Monday, May 4News That Matters

नक्कली छोराछोरीलाई नागरिकता बनाईदिन खोजेको आरोपमा दम्पती पक्राउ

पूर्णपुष्टि, असार १८ । बुटवलमा नक्कली छोराछोरीलाई नागरिकता बनाईदिन खोजेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । झुटो विवरण पेश गरी नक्कली छोराछोरीको नागरिकता बनाईदिने खाज्ने बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरिएको इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए ।

उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ । नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा पक्राउ गरेको सूचना अधिकारी ज्ञवालीले बताए ।

। बुटवल उपमहानगरपालिका–१ का वडाध्यक्ष नरेन्द्र बस्नेतको सिफारिसमा नागरिकता बनाउनेहरु कशौधन दम्पतीकै छोरा छोरी भनि खुलाएको छ । पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय बुटवलले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ