Thursday, June 18News That Matters

नक्कली पेज बनाउने १ जना पक्राउ

पूर्णपुष्टि, फागुन १६

नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने एक जना पक्राउ परेको छ ।

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेको हो ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको प्रहरीले जनाएको छ ।