
मोरङ, जेष्ठ ६ गते ।
मोरङको बिराटनगर महानगरपालिका–११ बसपार्कबाट ठुलो परिणाममा नक्कली मदिरा सहित १ जनालाई पक्राउ गरिएको छ ।
बसपार्क छेउमा रहेको एक घरमा कोठा भाडामा लिएर बसोबास गर्दै आएका विराटनगर महानगरपालिका–६ बस्ने श्रवण मुखियालाई विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँसी नक्कली मदिरासहित पक्राउ गरेको हो ।
मुखियाले संचालन गर्दै आएको न्यू.डि.एन ट्रेडर्सको पसल भित्र विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँस गरी नक्कली मदिरा बनाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटेका प्रहरी टोलीले दिउँसो साँढे २ बजे बिभिन्न ब्रान्डका ५ सय ३० बोतल नक्कली मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।
मुखीयाको पसलबाट प्रहरीले पास पास मदिरा १५ बोतल, सिक्नेचर २ सय १० बोतल, गोल्डेन वाक २२ बोतल, गोल्डेन गोल्व १२ बोतल, नेटवर्क १७ बोतल, पुर्वाञ्चल स्पेसियल ३९ बोतल, रोयल ट्रेअसुर विस्की २६ बोतल, फाईटर मदिरा ८९ बोतल, रुस्लान भोड्का २६ बोतल, ड्रागोन वियर ७२ बोतल र ह्विनवा विन २ बोतल बरामद गरेको छ ।
नक्कली मदिरा सहित पक्राउ परेका मुखियालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
