Sunday, June 28News That Matters

लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, जेठ ६ गते ।

सुनसरीको देवानगञ्जबाट लागुऔषध सहित एक जना पक्राउ परेको छ । देवानगञ्जबाट गाउँपालिका–१ बाट बिहान साँढे ४ बजे लागुऔषध सहित नरेशकुमार यादव पक्राउ परेको हो ।

ईलाका प्रहरी कार्यालय हरिनगराबाट खटेको प्रहरी टोलीले हरिनगरा गाउँपालिका—१ लब्टोलियाबाट सोही नगरपालिका–७ का २१ बर्षीय भोला भनिने यादवलाई लागुऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवको साथबाट लागुऔषध नुफिन ५ सय ८० एम्पुल, डाईजेल्याब ५ सय ६० एम्पुल र फेनारगन ५ सय ६० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवको सम्बन्धम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।