Sunday, June 28News That Matters

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुुिष्ट, जेठ ६ गते ।

थप २७ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आज थप २७ संक्रमित मध्ये २४ जना पुरुष र ३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा ३, भक्तपुर १ र ललितपुरमा पहिलो पटक १ जनालाई संक्रमण पुष्टि भएको छ । त्यसैगरी झापामा ९, कपिलवस्तुमा ४, सर्लाहीमा २, मोरङमा १, सुनसरीमा १, रामेछापमा १, मकवानपुरमा १, सिन्धुलीमा १, लमजुङ १ र नवलपरासीमा १ संक्रमित पुष्टि भएका मन्त्रालयले जनाएको छ ।

अहिलसेम्म ३६ वटा जिल्लामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।