Friday, May 22News That Matters

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

पूर्णपुष्टि, जेठ ६ गते । 

गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । केहि सांसदहरुले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मंगलबार बहुमतले पारित भएको हो ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै केहि राजनीतिक दल र नेताहरुले आलोचना गर्दै आईरहेका थिए ।