
ईलाम, जेठ ६ गते ।
ईलाम देउमाई–६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन् ।
हिजो बेलुका ८ बजे खाना आएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुलबहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको आफन्तले बिहान ६ बजे ईलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत खटेका प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरे संगै हत्यामा संलग्न शुष्मालाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
