
पूर्णपुष्टि, जेठ ६ गते ।
१ नं प्रदेशमा एकै दिन ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज कोरोना पुष्टि भएका ११ मध्ये २ जना सुनसरीको र बाँकी ९ जना झापाको केचना गाउँपालिका छन् । जुन सोमबार कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
त्यस्तै कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।
