
पूर्णपुष्टि, जेठ ६ गते ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले छिटै फिर्ता ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।
प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय ओझेलमा पार्न नदिने उहाँले बताउनुभयो ।
हाम्रो भूमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको प्रधानमन्त्रि ओलीले बताउनुभयो । यसको लागि कुटनीतिक छलफल हुने उहाँले बताउनुभयो । यो कार्य कुनै राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भूमि फिर्ता लिने निर्णय भएको उहाँले बताउनुभयो ।
योे कुनै तमासा गर्न र देखाउनका लागि गरिएको हाईन । यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको प्रधानमन्त्रि ओलीले बताउनुभयो । संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले संविधान संशोधन गर्ने उहाँले बताउनुभयो ।
यो अहिलेको जरुरी विषय भएकाले संविधान संशोधन हुने प्रधानमन्त्रि ओलीले बताउनुभयो ।
