Tuesday, March 25News That Matters

नगरपालिकाप्रति कृषकको गुनासो

पूर्णपुष्टि/उदयपुर, असार १३

उदयपुरको चौदण्डीगडी नगरपालिकाले दुध तथा मासु उत्पादनतर्फ कृषकमैत्री कार्यक्रम नगरेको र पशुपंक्षी विकास शाखातर्फ विनियोजित बजेटसमेत हिनाहिना भएको आरोप कृषकहरुले लगाएका छन् ।

बुधबार बेल्टार बजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै कृषकहरुले नगरपालिकाले कृषकहितमा काम गर्न नसकेको गुनासो व्यक्त गरे । नगरपालिकाको पशुपन्छि शाखाका कर्मचारीबाट चार लाख जति रकम हिनामिनासमेत गरेको आरोप लगाएका छन् । ३४ लाख ५२ हजार ९६० रुपैया मध्ये करिब २४ लाख रकम खर्च गर्दा चारलाख अनियमितता भएको र अव करिब १० लाख रुपैया बाँकी रहेको जनाइएको छ ।

अनियमितताको बारेमा नगरपालिकाको तर्फबाट गरिएको छानविन प्रतिवेदन सार्बजनिक गर्दै अगुवा कृषक केशब अधिकारीले अनियमितताको छानविन गरी बाँकी रहेको रकम कृषकको माग अनुसार खर्च हुनुपर्ने माग राख्नुभयो । अर्का कृषक इन्द्रविनोद घिमिरेले चौदण्डीगडी नगरपालिकाले विनियोजन गरेको बजेटले दुध र मासु पर्याप्त मात्रामा उत्पादन हुने किसिमको कार्यक्रम नभएको गुनासो गरे । कृषकमैत्री कार्यक्रम नभएको गुनासो राख्नुभयो । स्थानीय थुसुङ घिसिङले कृषकको आवश्यकता र चाहना बमोजिम कार्यक्रम नआएकाले कृषकहरुको गुनासो आउनु स्वभाविक रहेको बताउनुभयो ।
स्थानीय विसन विष्टले नगरपालिकाले कृषकको आवाज नसुनेको र आवश्यकतालाई सम्बोधन नगरेकाले पत्रकार सम्मेलन गरेर आफ्ना कुराहरु राख्नु परेको बताउनुभयो ।

नगरपालिकाका मेयर खगेन्द्र राईले पशु विकास सेवाको बजेट र कार्यक्रमप्रति गुनासो आएपछि त्यसप्रति छानविन समिति नै बनाई अध्ययन गरिएको बताउनुभयो । आफुले अध्ययन गरेर बुझेसम्म थोरै बजेटका कारण कृषकहरुको सबै माग, आवश्यकतालाई सम्बोधन गर्न नसकिए पनि बजेटमा अनियमितता भने नरहेको बताउनुभयो । अझैपनि सुक्ष्म ढंगले अध्ययन गरी गुनासो गर्ने जनताको चित्त बुझाउने काम गरिने र कर्मचारीबाट अनियमितता भएको पाइएमा कारवाही गरिने बताउनुभयो ।

पशुपंक्षी शाखा प्रमुख शिवनारायण साहले नगरपालिकाबाट बिनियोजित बजेट अनुरुमसबै वडाहरुमा सम्मानजनढंगले कार्यक्रम र बजेट राखिएको आफुले गरेका काम कारवाहीको तर, अनियमितता भने नभएको बताउनुभयो ।